एमालेले राष्ट्रपति उम्मेदवार नेम्वाङलाई सहयोग गर्न दलहरुलाई पठायो पत्र
काठमाडौं,नेकपा (एमाले)ले राष्ट्रपतिको निर्वाचनमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेक संसद्मा सहभागी रहेका सबै राजनीतिक दललाई औपचारिक पत्र पठाएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले कांग्रेसबाहेक संसद्मा रहेका सबै राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न अनुरोध गर्दै पत्र पठाएको जानकारी दिए।
उनका अनुसार राजनीतिक दल र स्वतन्त्रसहित १७ पत्र पठाइएको छ । अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत पार्टीका अध्यक्षसहित स्वतन्त्र सांसदलाई सम्बोधन गर्दै राष्ट्रपतिको निर्वाचनमा नेम्वाङलाई सहयोग गर्न पत्र लेखेका हुन् ।
“नेपालको संविधानको मर्म र भावनाअनुरुप नेम्वाङ राष्ट्रपतिका लागि अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ, राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मतदाता हुने यस निर्वाचनमा तपाईँको पार्टीका तर्फबाट नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ अनुरोध गर्दछु”, पत्रमा भनिएको छ ।
यस्तै एमालेले विसं २०७९ को नयाँ जनादेशअनुरुप गत पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमतिअनुसार एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङलाई राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारमा मनोनयन गराएको जनाएको छ ।
एमालेको आज बसेको सचिवालय बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रहेकाले सोबाहेकका अन्य पार्टीलाई राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई समर्थन गर्नका पत्र पठाउने निर्णय गरेको थियो ।राससका अनुसार आजै एमालेबाट राष्ट्रपतिमा नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै कांग्रेसबाट रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाइएको छ ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया