Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितितिन पार्टीबीच कार्यगत एकताको सहमति

तिन पार्टीबीच कार्यगत एकताको सहमति


काठमाडौं,जनमत पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ ।

शनिबार तिन दलले बिभिन्न साझा एजेन्डाहरुमा सहकार्य गरि अगाडी बढ्ने सहमति गरेका छन् । मधेश र थारूहट आन्दोलनका मुद्दाहरूको सम्बोधन, नागरिकता विधेयक, आन्दोलनकारीमाथिका मुद्दा फिर्ता, राजवन्दीहरूको रिहाइ, विगतका सहमति कार्यान्वय लगायतका एजेन्डासहित सहकार्य गर्ने सहमति गरेको बताएका छन् ।

साथै उनीहरूबीच उपराष्ट्रपति निर्वाचनमा पनि सहकार्य गर्ने निर्णय भएको छ। उक्त पत्रमा अध्यक्ष राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेका छन्।

No description available.


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया