Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिएउटै मञ्चबाट पूर्व माओवादीहरुले संयुक्त पत्रकार सम्मेलन गदै

एउटै मञ्चबाट पूर्व माओवादीहरुले संयुक्त पत्रकार सम्मेलन गदै


काठमाडौं,आन्तिरक द्वन्द्वका कारण बिभिन्न समयमा टुटफुट भएका माओवादीका बिभिन्न पार्टीहरुले आज दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् । विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्न माओवादी घटकहरुले संयुक्त पत्रकार सम्मेलन गर्न लागेको नेकपा पार्टी कार्यालय सचिव श्रिराम ढकालले सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन् ।

द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि नजिकिएका माओवादी घटकहरुको फागुन २६ गते बसेको बैठकले २८ गते संयुक्त पत्रकार सम्मेलन र ३० गते अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया