Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिरास्वपाद्वारा ३६ विभाग गठन, सरकारबारे छलफल शुक्रबारको बैठकमा हुने

रास्वपाद्वारा ३६ विभाग गठन, सरकारबारे छलफल शुक्रबारको बैठकमा हुने


काठमाडौं ,राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन भएका छन्। आज बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताका रुपमा पुनः चयन गरेको हो । यस अघि पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारलाई पार्टीको समर्थन यथावत् रहेको र बाँकी निर्णय शुक्रबारको संयुक्त बैठकले गर्ने बताए ।

उनले भने, “पार्टी सभापति लामिछाने संसदीय दलको नेता चयन हुनुभएको छ । सरकारसम्बन्धी छलफल चाहिँ शुक्रबारको संयुक्त बैठकबाट टुङ्गो लाग्ने निर्णय भएको छ ।
त्यस्तै आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको ३६ विभाग गठन गरेको छ ।

बैठकले अर्थ नीति विभागको प्रमुखमा सो पार्टीका सांसद स्वर्णिम वाग्लेलाई तोकेको छ भने नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी मुकुल ढकाललाई दिइएको छ । यसैगरी कविन्द्र बुर्लाकोटीलाई सङ्गठन विभाग प्रमुखको जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ ।

त्यसैगरी शिशिर खनाललाई अन्तर्राष्ट्रिय विभाग, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग हरि ढकाल, शिक्षा विभाग सुमना श्रेष्ठ, स्वास्थ्य तथा जनसङ्ख्या विभाग डा तोसिमा कार्की, कृषि तथा सहकारी विभाग अशोक चौधरी र सार्वजनिक लेखा समिति विभागको प्रमुखमा मनिष झालाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया