Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशसोलुमा सवारी दुर्घटना ७१ प्रतिशतले घट्यो

सोलुमा सवारी दुर्घटना ७१ प्रतिशतले घट्यो


सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा सडक दुर्घटना ७१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालू आर्थिक वर्ष २०७९/८० मा सवारी दुर्घटना ७१ दशमलव ४२ प्रतिशतले घटेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्कअनुसार गत वर्ष जिल्लामा ३५ वटा सवारी दुर्घटना भएको थियो भने चालू आर्थिक वर्षमा १० वटा दुर्घटना भएका छन् । दुर्घटनाको संख्या घटेसँगै दुर्घटनाबाट ज्यान गुमाउनेको संख्यामा पनि कम भएको छ । गत आर्थिक वर्षमा जिल्लामा सडक दुर्घटनाबाट चार जनाको ज्यान गएको थियो भने चालू आर्थिक वर्षमा एक जनाको ज्यान गएको ट्राफिक प्रहरी इन्चार्ज कृष्णकुमार कटवालले जानकारी दिए । बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ ट्राफिक तथा जनपथ प्रहरी सक्रिय भएसँगै सबैको साथ सहयोगमा दुर्घटनाको संख्यालाई कम गर्न सफल भएको प्रहरीको भनाइ छ । बढ्दो सवारीसँगै सडक दुर्घटना बढ्न सक्ने विषयलाई ख्याल गर्दै ट्राफिक चेकजाँचलाई जिल्लामा कडाइ गरिएको छ भने गाउँघरमा समेत जनपथ प्रहरी सवारी दुर्घटना न्यूनीकरणका लागि सक्रिय बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले बताए ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया