Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशएसईईमा जिल्ला टप गर्ने विद्यालयलाई पाँच लाख पुरस्कार

एसईईमा जिल्ला टप गर्ने विद्यालयलाई पाँच लाख पुरस्कार


सोलुखुम्बु । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सामुदायिक विद्यालयतर्फ सोलुखुम्बु जिल्लाको उत्कृष्ट बन्न सफल गार्मा माध्यमिक विद्यालयलाई पाँच लाख पुरस्कार दिइएको छ । सोलुदूधकुण्ड नगरपालिकाले विद्यालयलाई पाँच लाख र उत्कृष्ट छात्रा बबिता कार्कीलाई नगद ५० हजार रुयैयाँसहित सम्मान गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको ७ नं वडामा रहेको विद्यालयकी छात्र कार्कीले ३.७ जीपीए प्राप्त गर्दै जिल्लाकै उत्कृष्ट बनेकी थिइन् । गार्मा माविबाट यस वर्ष सामान्य विषयमातर्फ २७ र प्राविधिक (कृषि)तर्फ १७ गरी ४४ जना एसईईमा सामेल भएका थिए । जसमा ३५ जनाले तीन जीपीएभन्दा बढी प्राप्त गरेका छन् । जिल्लाकै नमुना यस विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आएको छ । अभिभावकहरू निजी विद्यालयमा आकर्षित हुन थालेपछि त्यसलाई रोक्न आफ्नो विद्यालयमा पनि पूर्णरूपमा अङ्ग्रेजी माध्यम लागू गर्नुपरेको सोलुदूधकुण्ड नगरपालिका ७ का वडाध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताए ।

कक्षा १२ सम्म अध्यापन हुँदै आएको यस विद्यालयमा प्राविधिक धार (कृषि जेटिए)को समेत अध्ययन हुँदै आएको छ । आफ्नै सुविधा सम्पन्न होस्टेलसहितको व्यवस्था रहेको गार्मा माविमा हाल ५६० जना विद्यार्थी अध्ययनरत रहेका छन् भने झण्डै ३० जना शिक्षकहरू रहेको विद्यालयका प्रधानाध्यापक विनोद सिह तामाङले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया