Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशआपराधिक घटनाको संख्यामा कमी

आपराधिक घटनाको संख्यामा कमी


सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा आपराधिक घटनाको संख्यामा कमी आएको छ । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा आपराधिक घटनाको संख्यामा १३ दशमलव ३३ प्रतिशतले कमी आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

आव २०७८/०७९ मा १९८ वटा आपराधिक घटना दर्ता भएकोमा गत आर्थिक वर्ष १७२ वटा मात्रै घटना प्रहरीमा दर्ता भएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठका अनुसार गत आर्थिक वर्ष जिल्लामा सबैभन्दा बढी भवितव्य ज्यानका ७३ वटा घटना भएका छन् । यस्तै, आत्महत्याको ३७ वटा, यौनजन्य २५ वटा, अभद्र व्यवहार १४ वटा, चोरी तथा डकैती सातवटा र ज्यान मार्ने उद्योग चारवटा घटना भएको डीएसपी श्रेष्ठले बताए ।

सवारी भवितव्य ज्यान, जुवा, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव, हातहतियार खरखजना, ठगी, फुटकर ज्यान एक/एकवटा र कर्तव्य ज्यानका दुईवटा घटना भएको छ । सुरक्षाकर्मीको सक्रियता तथा नागरिकस्तरमा चेतनाको स्तर समेत बढ्दै जाँदा यस्ता आपराधिक घटनाको संख्यामा कमी आएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बसन्त भट्टराईले बताए ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया