एक दर्जन फार्मेसीमा अनुगमन, लाखौंको औषधि जफत
सोलुखुम्बु । सोलुखुम्बुमा एकैपटक झण्डै एक दर्जन औषधि पसल(फार्मेसी)मा अनुगमन गरिएको छ । जिल्ला बजार अनुगमन समितिले सदरमु्काम सल्लेरीसहित फाप्लु, नेले र नाम्चेका गरी ११ वटा औषधि पसलहरूको अनुगमन गरेको हो ।
अनुगमनबाट म्याद नाघेका करिब डेढ लाख मूल्य बराबरको औषधि जफत गरी नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी(सीडीओ) बसन्त भट्टराईले जानकारी दिए । उनका अनुसार कतिपय औषधि पसलमा फार्मेसी अध्ययन नगरेका व्यक्तिले औषधि बिक्री गरिरहेको, फार्मेसी दर्ता नभएको तथा लाइसेन्सविना नै औषधि बिक्री गरिरहेको पाइएको छ । ती औषधि पसललाई कागजात पूरा गर्न एक हप्ताको अल्टिमेटम दिइएको छ । सो अवधिमा पनि मापदण्ड पूरा नगरे कानुनअनुसार कारबाही प्रक्रियामा जाने सीडीओ भट्टराईले बताए । नेले क्षेत्रको एउटा औषधि पसलले संस्था दर्ता गरेर औषधि बिक्री गरिरहेको समेत अनुगमनमा भेटिएको छ । औषधिजस्तो विषयमा अतिसंवेदनशील हुनुपर्ने भएकाले कसैमा पनि कियरलेस गर्ने छुट नभएको सीडीओ भट्टराईको भनाइ छ । फार्मेसी अनुगमनमा जिल्लास्थित स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, नगरपालिका, नेपाल प्रहरी, अनुसन्धान, नगरप्रहरी, सञ्चारकर्मीलगायतका प्रतिनिधिहरू सहभागी थिए ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया