सगरमाथा लुम्बिनीको कर्मचारीहरुको दक्षता अभिवृद्धि कार्यक्रम
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले मधेश प्रदेशमा कार्यरत कर्मचारीहरुको पेसागत दक्षता अभिवृद्धि गरेको छ । कम्पनीले यही असोज २६ र २७ गते मधेश प्रदेशको राजधानी जनकपुरमा मधेश प्रदेशमा कार्यरत कर्मचारीहरुको पेसागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रशिक्षण कार्यक्रम आयोजना गरेको जानकारी दिएको छ ।
नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख कुशुम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रमका सहभागीहरुलाई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका नेसनल कोअर्डिनेटर, प्रदेशप्रमुख, विभागीय प्रमुखहरुले आ–आफ्नो प्रस्तुतीकरण दिएका थिए । मार्केटिङ, अन्डरराइटिङ, दाबी, मानव संशाधन, ब्रान्डिङ र ग्राहक सेवालगायतका विषयहरुको प्रस्तुतीकरणले समग्र मधेश प्रदेशमा कार्यरत कम्पनीका कर्मचारीहरुमा ज्ञान र उत्साहको सञ्चार भएको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया