नेपालका होटेल व्यवसायी जनकपुरको धार्मिक पर्यटन प्रवर्द्धन गर्न अयोध्या प्रस्थान
महेन्द्रनगर (धनुषा) । नेपालका होटेल व्यवसायी जनकपुरधाममा धार्मिक पर्यटन प्रवर्द्धनका लागि आइतबार अयोध्यातर्फ प्रस्थान गरेका छन् । भारतीय पर्यटकलाई नेपाल भित्र्याउने उद्देश्यले होटल व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष विनायक शाहको नेतृत्वमा ६० भन्दाबढी नेपाली होटेल व्यवसायी अयोध्याका लागि प्रस्थान गरेका हुन् ।
अध्यक्ष शाहले अयोध्यामा राममन्दिरको निर्माण भएपश्चात् त्यहाँ पर्यटकको आवागमन बढेकाले जनकपुरधाममा पनि पर्यटकको आगमन बढाउने उद्देश्यले अयोध्या जान लागेको बताए । होटेल व्यवसायी सङ्घ मधेसका अध्यक्ष विजय झुनझुनवलाले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने, जनस्तरमा सम्बन्ध विस्तार गर्नुका साथै पर्यटनको बढावा दिनु नै अयोध्या भ्रमणको मूल उद्देश्य रहेको बताए ।
अयोध्या भ्रमणका क्रममा होटेल व्यवसायीले अयोध्यास्थित राममन्दिरमा पूजा आराधना गर्नुका साथै कोशेली पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले बताए । अयोध्या प्रस्थान गर्नुअघि शनिबार बेलुका होटेल व्यवसायीले जानकी मन्दिरमा पूजा आराधना पनि गरेका थिए । होटेल व्यवसायीले त्यहाँका ‘टुर्स एण्ड ट्राभल्स एजेन्ट’सँग पनि छलफल गर्ने कार्यक्रम रहेको जनाएका छन् ।
क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया