डढेलोले ड्रयागन फ्रुट फार्म खरानी
काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–१ थारेमा रहेको सुनापति कुशेश्वर एग्रीकल्चर तथा रिसर्च सेन्टर प्रालिले सञ्चालन गरेको कृषि फार्म डढेलोले खरानी पारेको छ । उक्त फार्म हाउस यही वैशाख १३ गते बिहीबार लागेको डढेलोले सखाप पारेको हो ।
उक्त फार्म हाउसमा डढेलोले १३ हजार पाँच सय ड्रयागन फ्रुट (सिउँडी फल), एक हजार बोट फुलेको कागती र घाँसका बोटहरू समेत गर्दा तीन करोड ४० लाख रुपैयाभन्दा बढीको क्षति भएको छ ।
उक्त फार्म हाउसका कर्मचारी प्रितिपाल चौधरीले हेर्दाहेर्दै फार्म हाउस डढेलोले खरानी बनाएको बताए । स्थानीय हरिबहादुर श्रेष्ठले ५७ वर्षको उमेरमा यो ठाउँमा यसरी डढेलो लागेको आफूले पहिलो पटक देखेको बताए ।
अर्का स्थानीय बासिन्दा मदनकुमार श्रेष्ठले डढेलो निभाउन सकिने अवस्था नै नरहेकाले सबै डढेर खरानी भएको बताए । यही विषयमा सम्पर्क गर्दा फार्म हाउसका सञ्चालक यम तिवारीले खाईनखाई बनाएको फार्म हाउस डढेर खरानी हुँदा निन्द्रा लाग्न छोडेको बताए ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 12
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया