बिनाविभागीय मन्त्री आलेमगरलाई खेलकुद मन्त्रालयको जिम्मेवारी
बागमती । बिनाविभागीय मन्त्री रमा आलेमगरलाई बागमती प्रदेश सरकारले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मन्त्री आलेमगरलाई दिने निर्णय गरेको जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट बागमती सरकारमा मन्त्री भएकी आलेमगर हालसम्म बिनाविभागीय मन्त्री थिइन् ।
यस्तै बैठकले प्रा. डा. चन्द्रमणि पौडेल र कृष्ण कटुवाललाई विश्वविद्यालय संरक्षक समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए । त्यस्तै प्रदेश सरकारी कामकाजको भाषा कार्यान्वयनका लागि सुझाव कार्यदल गठन गर्ने निर्णय भएको उनले बताए । बागमती प्रदेश सरकारले गत वैशाख २४ गतेदेखि तामाङ र नेवारी भाषा सरकारी काकाजको भाषा कार्यान्वयन गरेको थियो ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया