Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारप्रदेशसभाको बैठक बिहीबार प्रारम्भ हुने

प्रदेशसभाको बैठक बिहीबार प्रारम्भ हुने


मकवानपुर । बागमती प्रदेशसभाको बिहीबार बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेटमाथि छलफल प्रारम्भ हुने भएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार सो बैठकमा प्रदेशको आर्थिक तथा मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले गत असार १ गते प्रस्तुत गरेको प्रदेश सरकारको आव २०८१/८२ को बजेट वक्तव्यको प्रतीक र विभिन्न मन्त्रालयको बजेट शीर्षकमा छलफल प्रारम्भ भई यही असार ८ गतेभित्रै सो बजेटलाई पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले राससलाई बताए ।

राससका अनुसार असार १ गते बजेटको प्रस्तुतीकरण सकिएपछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले असार ६ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x