Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारसांसद भण्डारीकी आमाको उपचारका क्रममा निधन

सांसद भण्डारीकी आमाको उपचारका क्रममा निधन


काठमाडौं । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी  सांसद चन्द्र भण्डारीकी आमा ८६ वर्षीया हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पालमा उपचारका क्रममा बिहीबार बिहान १० बजेर ५७ मिनेटमा हरिकलाको निधन भएको अस्पतालकी निर्देशक डा. निजिना ताम्राकारले बताइन् । उनको शरीरको ७० प्रतिशत भागमा जलेको थियो ।

बुद्धनगरस्थित निवासमा गएराति भएको विस्फोटमा सांसद भण्डारी र उनकी वर्षीया आमा गम्भीर घाइते भएका थिए । सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x