Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकाभ्रेपलाञ्चोकमा राहदानी वितरण सहज

काभ्रेपलाञ्चोकमा राहदानी वितरण सहज


काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राहदानी वितरण कार्य सहज बनाएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अगुवाइमा राहदानी वितरणमा देखिएका समस्या समाधानका लागि अभियान थालिएको छ । राहदानी वितरण सहज गराउने कार्यको सुरुआत भएको उनले बताए । जिल्लामा कार्य सम्पादन सुरु गरेलगत्तै राहदानी लिन आउने सेवाग्राहीका लागि टोकन प्रणाली सुरु गरेको उनी बताउँछन् । सेवाग्राहीको फारम कार्यालयले नै भर्ने गरेको छ ।

लामो समयदेखि झन्झटिलो रहेको प्रक्रियालाई सरल, सहज र नागरिकमैत्री बनाउन जिल्लामा यस्तो प्रणाली लागू गरिएको प्रजिख पौडेलको भनाइ छ । सेवाग्राही र प्रशासनबीचको दूरी घटाई कार्यमा शीघ्रता ल्याउन रादानीबाट सुरु गरिएको यो अभियान विस्तारै आवश्यकताअनुसार नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवामा समेत लागू गरिने उनले राससलाई बताए ।

“अब सेवाग्राहीले लामो समय लाइन बस्नुपर्ने छैन । समय र टोकन लिई बुक गरेको समयमा कार्यालयमा आएर आफ्नो काम गरेर जान सक्ने छन्”, उनले भने । कार्य सहजताका लागि वाणिज्य बैंकको काउन्टर बिदाको दिन पनि खोल्ने र सेवाग्राहीले आफूले पाएको समयमा मात्र गर्न सकिनेसमेत कार्यालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x