Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु

ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु


काठमाडौं । स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । वालिङ नगरपालिका–६, आम्डालीमा ट्याक्टर दुर्घटना हुँदा चालक चापाकोट नगरपालिका–२, धुर्कोटका ३२ वर्षीय नवीन सुनार र परिचालक वालिङ–८, मिर्दिका १४ वर्षीय सोविन विकको मृत्यु भएको हो ।

दुर्घटनापछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पु-याउनासाथ चालक सुनारको मृत्यु भएको हो भने परिचालक विकको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी कार्यालय वालिङले जनाएको छ ।

जगतभञ्ज्याङबाट मिर्दितर्फ ढुंगा लिएर जाँदै गरेको ग.१त. ६८८६ नम्बरको ट्याक्टर हिजो बेलुका करिब ८ बजे सडकबाट अन्दाजी १५ मिटर तल खसेको थियो ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया