Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीको बिदाइ

गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीको बिदाइ


काठमाडौं । महाशिवरात्रिमा पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा पशुपति क्षेत्र आएका जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई बिदाइ गरिएको छ ।

शङ्कराचार्य निश्चलानन्द सरस्वती आज बिहान काठमाडौँबाट बनारस गएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए। उनले तीन दिनसम्म पशुपतिक्षेत्रमा प्रवचन गरेका थिाए । यसैगरी पशुपतिनाथको दर्शनमा आएका साधुसन्तको पनि आज बिदाइ गरिनेछ । अहिले पशुपति क्षेत्रमा बिदाइको तयारी भइरहेको छ ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आउने साधुसन्तलाई फागुन कृष्ण एकादशीदेखि औँशीसम्म गुठी संस्थान, पशुपति क्षेत्र विकास कोषलगायत संस्थाले आवास, भोजन र धुनी बाल्ने व्यवस्था गर्ने प्राचीनकालदेखिको परम्परा छ । त्यस अनुसार आज फागुन कृष्ण औँशीका दिन बिदाइ गर्न लागिएको उनले बताए । साधु, सन्तलाई पदवी अनुसार दक्षिणा दिई बिदाइ गर्ने तयारी भएको जनाइएको छ ।

बिदाइपछि पशुपति क्षेत्रमा बस्न चाहने साधु, सन्तलाई संस्थान, कोषलगायत संस्थाले आवास, भोजन र धुनीको व्यवस्था गर्दैनन् । आजदेखि साधु सन्तले आफ्नै हिसाबले व्यवस्था गर्नुपर्ने जनाइएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया