चारलेन सडक निर्माणमा ढिलासुस्ती
राँझा । चारलेन सडक निर्माणमा ढिलासुस्ती हुँदा बाँके र बर्दियाका जनताले सास्ती व्यहोर्नुपरेको छ । सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गत बाँकेको खजुरा बजार र बर्दियाको सदरमुकाम गुलरियामा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र छन् ।
विसं २०७४ चैत २९ मा सम्झौता गरी बाँकेको खजुरामा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको चारलेन सडक निर्माण थालिएको थियो । निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै दुईपटक म्याद थपे पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।
गजुरमुखी निर्माण सेवाले २०७७ असोजमा सम्पन्न गर्ने गरी रु. २२ करोडको लागतमा निर्माण थालिएको सडक हालसम्म पूरा नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । विसं २०७८ चैत ३० सम्म पहिलो पटक म्याद थप गरी सो अवधिमा पनि निर्माण गर्न नसकेपछि २०७९ पुस २९ मा सम्पन्न गर्नेगरी दोस्रो पटक म्याद थप गरेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी जनकबहादुर धामीले जानकारी दिए ।
उनका अनुसार निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणमा ढिलाइ भएको हो । विसं २०७४ मा काम सुरु भएयता निर्माण कम्पनीले करिब रु. १८ करोड भुक्तानी लिइसकेको छ । निर्माण कम्पनीले समयमा काम नसकिनुका पछाडि कोरोना महामारीको कारण देखाउँदै पटकपटक म्याद थपाउँदै आएको छ ।
चारलेन सडक निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती पाएका छन् । सडक निर्माण अधुरो हुँदा सवारी साधन सञ्चालनमा कठिनाइ हुनाका साथै धुलो उडेर आसपासका पसल तथा घरमा पुग्ने गरेको छ । धुलो र हिलोका कारण व्यापार व्यवसाय प्रभावित हुन पुगेको खजुरा बजारका व्यवसायी रमेश थापाले बताए ।
उनले मुख्य सडकमा सवारी साधन आवतजावत गर्दा उड्ने धुलोले स्थानीय श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित भएको गुनासो गरे । गत वर्ष धुलोका कारण खजुरा बजारका घर र पसलमा बस्न सक्ने अवस्था नरहेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए । सडक नै अवरुद्ध पारेपछि कम्पनीले गिट्टी हालेर ‘सरफेस ट्रेसिङ’ गरेको थियो । उक्त ट्रेसिङ पनि दुई साता नहुँदै उप्किएको थियो ।
चारलेन सडक योजनाको काममा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती भोगिरहेको खजुरा गाउँपालिकाका प्रवक्ता धनीराम वलीले राससलाई बताए । उनले सडकको अवस्थाका बारेमा खजुराका जनताले आफूहरुलाई धेरै गुनासो गर्ने गरेकाले सडक निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई पटक–पटक आग्रह गरे पनि काम हुन नसकेको उल्लेख गरे ।
सडक निमाणमा लापरबाही हुँदा नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत खजुरा र गुलरियामा निर्माणाधीन सडक निर्माण सम्पन्न नहुँदै बीचबीचमा खाल्डाखुल्डी र जीर्ण जस्तो देखिने गरेको छ । अहिले यहाँ आवत गर्ने सर्वसाधारण धुलाम्ये हुने गरेको स्थानीय व्यापारी शतिश निरौलाले बताए ।
क्याटेगोरी : प्रदेश समाचार, लुम्न्बिनी प्रदेश
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया