दोलखा महोत्सवको सातौं दिनसम्म एक करोडमाथिको कारोबार
दोलखा । गत शुक्रवार गतेदेखि सुरु भएको दोलखा महोत्सवमा एक करोडमाथिको कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवमा दैनिकरूपमा दर्शकहरूको सहभागिता पनि उत्साहजनक रहेको छ ।
महोत्सव शनिबारसम्म चल्नेछ । महोत्सवको हालसम्ममा दोलखा र आसपासका ३५ हजार जनाले अवलोकन गरेको महोत्सव आयोजक संस्था दोलखा चेम्बर अफ कमर्सले जनाएको छ । सातौँ दिनसम्म आइपुग्दा पनि दर्शकको उपस्थितिमा कुनै कमी नआएको चेम्बर दोलखाका महासचिव पाण्डव सिङ पाण्डेले जानकारी दिए । महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका ख्यातिप्राप्त कलाकारहरूले मनोरञ्जनात्मक प्रस्तुतिहरू दिइरहेका छन् । साथै महोत्सवमा विभिन्न उद्योगी तथा व्यापारीले एक सय २० वटा स्टल राखेका छन् । महोत्सवमा दैनिक पाँच हजार रूपैयाँबराबरको हाराहारीमा टिकट बिक्री हुने गरेको छ भने कारोबार दैनिक १५ देखि २० लाख भएको अनुमान गरिएको छ । नौ दिनसम्म चार करोडबराबरको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य रहेको थियो तर सातौँ दिनसम्म एक करोड २० लाख रूपैयाँबराबरको मात्रै कारोबार भएको छ ।
महोत्सवमा जिल्लाका विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन, पञ्चेबाजा संरक्षणका लागि पञ्चेबाजा बजाउने समूहबीच प्रतियोगिता, खैँजडी भजनको प्रस्तुतिलगायतका कार्यक्रम दैनिकरूपमा भइरहेका छन् । महोत्सव मुख्य आयोजक चेम्बरका अनुसार महोत्सवमा आर्थिक बहस, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट), विज्ञान तथा रोबोटिक एसोसिएसनको सहयोगमा विद्यार्थीहरूलाई रोबोट प्रदर्शन, कम्प्युटर एसोसिएसनको सहयोगमा निःशुल्क मर्मत शिविर तथा साइबर सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ । साथै स्टिड फुड फेस्टिबल, माउन्टेन फ्लाइटमार्फत् दोलखाका पर्यटकीयस्थल अवलोकन तथा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर अभौतिकीकरण शिविरलगायतका कार्यक्रम पनि सञ्चालन भइरहेका छन् ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया