ढल प्रशोधन केन्द्र निर्माण कार्य अन्तिम चरणमा
सोलुखुम्ब । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा निर्माणाधिन नेपालकै पहिलो ढल प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । सहरीकरणले छुँदै गएको जिल्लाको फाप्लु, सल्लेरी र दोर्पु क्षेत्रको ढल व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको हो ।
यससँगै अब सहजै सदरमुकाम क्षेत्रको ढल सहजै व्यवस्थापन हुने भएको छ । घरबाट निस्केको ढल अब सिधै पाईप लाईनमार्फत ढल प्रशोधन केन्द्रमा पुग्ने छ । संघिय खानेपानी योजनाको २१ करोडको लागतमा यो आयोजनाको काम भईरहेको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जांबु शेर्पाले जानकारी दिए । नगरको बजार क्षेत्रको ढल व्यवस्थापनका लागि भईरहेको योजनाको अनुगमन गर्न मेयर शेर्पा आँफै पुग्ने गरेका छन् । खुल्ला दिशामुक्त घोषणा गरिएपनि खुल्ला ठाउँमा दिशापिसाब तथा खोलानालामा ढल छोडिराखेको अवस्थालाई मुक्त गर्न नगरपालिकाले यस्तो योजना ल्याएर काम गरेको हो ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 7
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया