प्रदेश सरकारले पदम लिम्बुको परिवारलाई ३ लाख दिने
विराटनगर । विराटनगरमा भएको कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने भएको छ ।
मृतकको परिवारलाई तत्काल राहत स्वरुप ३ लाख रूपैयाँ दिने सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो । चैत ५मा विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बु (लाजेहाङ)को उपचारका क्रममा चैत १०मा मृत्यु भएको थियो ।
मन्त्रिपरिषद बैठकले घटनाको छानबिनका लागि संघीय सरकारले गठन गरेको समितिलाई सहयोग गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशको नामकरणका लागि भूमिका खेल्ने प्रदेश सभा सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरु, प्रदेश सभा सचिवालय र प्रदेश सभामा उपस्थित राजनीतिक दलहरुलाई धन्यवाद दिएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ताजा अपडेट
- नेपालबाट भारतमा बढ्यो चियाको निर्यात, तीन महिनामा ५० प्रतिशत आम्दानी बृद्धि
- रवि लामिछानेको म्याद फेरि थप, यो साता कास्की प्रहरीकै हिरासतमा रहने
- गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङ्गेलाई पाँच वर्ष कैदको फैसला, सांसद पद के हुन्छ?
- बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
- अमेरिकामा ४७औँ राष्ट्रपति छान्न मतदान जारी, ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धा
- थप १० दिन लामिछानेसहित चार जना हिरासतमा
- आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ
- तिहारको लामो बिदा पछिको शेयरबजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया