Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशसंकटमा मौलिक ठेकी–टोलुम

संकटमा मौलिक ठेकी–टोलुम


सोलुखुम्बु । हरेक कुरालाई नयाँ प्रविधिसँग जोडेर हेर्ने हाम्रो बानीका कारण काठबाट निर्मित परम्परागत ठेकी, टोलुमलगायतका सामग्रीहरु हराउँदै जान थालेको छ । नेपाली मौलिक परम्परासँग जोडिएको ठेकी, टोलुम हिजोआज अत्यन्त कम मात्रामा प्रयोग हुन थालेको छ ।

दारको काठबाट कुँदेर निर्माण गरिने ठेकी हिजोआज गाउँघरमा विरलै भेटिन्छन् । यस्ता ठेकी विशेषगरी दही, मही राख्न प्रयोगमा आउँछ । प्लास्टिकका सामग्री धेरै प्रयोगमा आउन थालेपछि गाउँघरमा काठका ठेकी लोप हुन थालेको गार्माकी सुनिता मगर बताउँछिन् । काठबाट निर्मित ठेकीमा दुध जम्मा गर्दा छिटो जम्ने, दही स्वादिष्ट हुने पाकाहरुको अनुभव छ । तर पछिल्लो पुस्ताले यसको उपोगिता बुझ्न नसक्दा काठका सामग्रीहरु रबर तथा सिलबरका भाडाकुँडाले विस्थापित गराउँदै लगेको सल्लेरी थापा टोलका चन्द्र बहादुर थापा बताउँछन् ।

झट्ट हेर्दा निकै रहरलाग्दा काठका भाँडाकुँडामा आजभोलि आधुनिकताको प्रभावमा परेको छ । कुनै मेसिनको प्रयोग नगरी हातको मिहिनेतबाट बनाइने ठेकीप्रति प्रयोगकर्ताको अकर्षण न्यून हुँदा ओझेलमा परेको ठेकी, टोलुम निर्माणकर्ता सोलुखुम्बु फतान्जेका बिर बहादुर मगरको भनाइ छ । सामग्री निर्माणकर्ताहरु पनि उत्पादन लागतअनुसारको रकम पाए मात्रै यस्ता सामान बनाउन सकिने बताउँछन् ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया