योजना समयमै कार्यान्वयन गरिने
सुर्खेत । कर्णालीका स्थानीय सरकारले बजेट कार्यान्वयनलाई तीव्रता दिएका छन् । चालु आर्थिक वर्षको आठ महिना पूरा भइसकेकाले स्थानीय तह विकास निर्माणका योजना कार्यान्वयन गर्र्न केन्द्रित भएका हुन् । हालसम्म करिव ६५ प्रतिशत बजेट कार्यान्वयन भइसकेको सम्बद्ध जनप्रतिनिधिहरूको भनाइ छ ।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख गणेशकुमार शाहीले असारे विकास योजनाहरू कार्यान्वयन नहुने भएकाले असारअगावै योजना कार्यान्वयन गरिसक्ने गरी काम भइरहेको बताए ।अहिलेसम्म हामी विकासको काममा असार केन्द्रित भयौँ । उनले भने, “बजेट सक्नाकै लागि गरिने त्यस्तो कार्य अब बन्द हुनुपर्छ । यसैलाई मध्यनजर गरेर असारअगावै सबै योजना कार्यान्वयन गरिसक्ने गरी काम गरिरहेका छौँ ।”
नगरपालिकाबाट विनियोजित दुई सय ८५ योजनामध्ये अहिले धेरैजसो कार्यान्वयनको अन्तिम चरणमा रहेको जानकारी नगरप्रमुख शाहीले जानकारी दिए । उक्त नगरपालिकाले चालु आवमा रु ११ करोड पुँजीगत बजेट विनियोजन गरेकामा वैशाख मसान्तसम्म पालिकास्तरबाट तोकिएका योजनाका योजनाका लागि विनियोजित रकम भुक्तानी दिइसक्ने कार्यपालिकाको निर्णय भएको हो ।
कालीकोटको पचालझरना गाउँपालिकाले पनि आव २०७९/८० को हालसम्म ७५ प्रतिशत बजेट कार्यान्वयनको चरणमा रहेको जनाएको छ ।गाउँपालिका अध्यक्ष देवराज शाहीले चालु आवका लागि रु नौ करोड विकासे बजेट रहेको र घोषित कार्यक्रम कार्यान्वयन गरी भनाइ र गराइबीचको खाडल पुर्ने काम भएको बताए । “भाषण मात्रै होइन व्यावहारिकरुपमा काम हुनुपर्छ । त्यही नीतिलाई अनुसरण गरेर हामीले विकास निर्माणका काम गरिरहेका छौँ”, उनले भने ।
सल्यानको बागचौर नगरपालिकाले पनि ५० प्रतिशत बजेट कार्यान्वयन भइसकेको जनाएको छ । “अन्य योजना पनि कार्यान्वयनको चरणमा रहेको छ”, नगरप्रमुख जनकराज राससलाई गौतमले भने। “विगतका वर्षमा बजेट कार्यान्वयन समयमै नहुने, असार केन्द्रित विकास हुँदा विकासका कामसमेत गुणस्तरीय नहुने अवस्था थियो । त्यसलाई अन्त्य गर्नुपर्छ भनेर हामीले अहिलेदेखि योजना कार्यान्वयन छिट्टै गर्नेगरी काम गरेका छौँ । असार महिना त बजेट कार्यान्वयनको महिना होइन, योजना तयार गर्न छलफल गर्ने महिना हो नी ।”
क्याटेगोरी : प्रदेश समाचार, कर्णाली प्रदेश
ताजा अपडेट
- थप १० दिन लामिछानेसहित चार जना हिरासतमा
- आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ
- तिहारको लामो बिदा पछिको शेयरबजार
- निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार, ६ जना पक्राउ
- पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह
- घट्यो सुनको मुल्य
- एक हजार तीन सय किलो गाँजा बरामद
- अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन जाने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया