Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारएमालेको मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी

एमालेको मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी


जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा एमालेले बाहिरिने तयारी गरेको छ । जसपाका दलका नेता सरोजकुमार यादवलाई पुस २७ गते समर्थन दिएर एमाले सरकारमा सहभागी भएको थियो ।

एमालेले संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको एमालेका सांसद हरिनारायण महतोले जानकारी दिएका छन् ।

एमाले हटेपछि सरकारमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी छ । मधेश प्रदेशमा सबभन्दा ठूलो दल एमालेका २३ सांसद छन् । मधेश सरकारमा एमालेले चार मन्त्रालय लिएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश

तपाईको प्रतिक्रिया