चरीकोट अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम
दोलखा । जिल्लाको भिमेश्वर नगरपालिकास्थित सदरमुकाम चरीकोटमा रहेको पशुपति चौलागाईँ स्मृति प्रादेशिक अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन भएको छ । मुख्यमन्त्री जनता स्वास्थ कार्यक्रमअन्तर्गत तीस वर्षमाथिका व्यक्तिहरुमा रहेको नसर्ने रोगको पहिचान गरी परामर्श र उपचारसम्बन्धी कार्य निःशुल्करुपमा गरिने अस्पताल प्रमुख ज्ञानेश्वर श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार अस्पतालको नियमित स्वास्थ्य उपचारलाई बाधा नपर्ने गरी आइतबारदेखि शुक्रबार बिहान ९ बजेखि ११ बजेसम्म उक्त कार्यक्रम सञ्चालन गरिने कार्यतालिका बनाइएको छ । उक्त कार्यतालिकाअनुसार दैनिक १५ जनाको पूरै स्वास्थ्य परीक्षण हुनेगरेको छ । अहिलेसम्म एक सय पाँच जनाको परीक्षण तथा उपचार भइसकेको अस्पतालले जनाएको छ ।
उक्त कार्यक्रमका लागि अस्पतालमा छ सय ८१ जनाको कोटा रहेको छ । परीक्षणबाट देखिएका मुटुसम्बन्धीका रोगीलाई ७५ हजार, क्यान्सरका लागि दुई लाख, पक्षघातका लागि दुई लाखबराबरको औषधि सेवनका लागि र पाठेघरसम्बन्धी रोगका निःशुल्क उपचार गरिने यो कार्यक्रमको लक्ष्य रहेको छ । कोटा नसकिएसम्म कार्यक्रम जारी रहने अस्पताल प्रमुख श्रेष्ठले बताए । चौलागाईं स्मृति अस्पतालमा पछिल्लो समय बिरामीको संख्या भने घट्दै गएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 9
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया