लुक्ला आउने पर्यटकले भरिभराउ मन्थली विमानस्थल
सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला आउने पर्यटकले रामेछापको मन्थली विमानस्थल भरिभराउ बन्न थालेको छ । नागरिक उड्डयन प्राधिकरणले समर सेडुल ‘स्टल रुट’ अनुसार लुक्लाको लागि उड्ने पर्यटकीय उडान मन्थलीबाट सुरु गरेसँगै अहिले मन्थली विमानस्थल विदेशी तथा स्वदेशी पर्यटकको चाप उच्च भएको हो ।
अहिले मन्थलीबाट तारा, सिता र समिट लगायतका विभिन्न निजी कम्पनीहरूले दैनिक लुक्लाको लागि पर्यटकहरू बोकिरहेका छन् । समर सेडुलअन्तर्गत चैत्र १६ गतेबाट मन्थलीदेखि लुक्लासम्मका उडान सञ्चालन भइरहेका छन् । यसबीचमा सयौँ उडान भइसकेको नागरिक उड्डयन प्राधिकरण रामेछापले जनाएको छ । जसमा मन्थलीबाट यस सिजनको हालसम्म सबैभन्दा बढी ५५ वटासम्म उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठले जानकारी दिए । मन्थलीबाट लुक्लाको लागि विमान सञ्चालनमा आएपछि मन्थली विमानस्थल र आसपासको क्षेत्र विदेशी पर्यटकले खचाखच भएका छन् । मन्थलीमा धेरै सुविधासम्पन्न होटल नभएका कारण राति काभ्रेको धुलिखेल, सिन्धुलीको मुलकोटलगायतका क्षेत्रमा बास बसेर पर्यटकहरू बिहानै मन्थली आई सोलुतर्फ आउने गरेका छन् ।
मन्थलीबाट सोलुका लागि हुने अधिकांश उडान बिहान सबेरै हुने गर्छन् । अहिले मन्थलीमा रहेका होटलहरू पनि पर्यटकहरूले खचाखच भएका छन् । मन्थली विमानस्थललाई काठमाडौंको वैैकल्पिक विमानस्थलको रूपमा विकास गर्ने सरकारको योजना छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
- आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
- यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
- तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीनजना घाइते
- इजरेलद्वारा इरानमा हवाई हमला, क्षतिबारे इरानले के भनेको छ?
- विभिन्न नाम र स्वरुपमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधिहरु उचित नरहेको सत्तारुढ गठबन्धनको निष्कर्ष
- कसरी हुन्छ सङ्गठित अपराधको अनुसन्धान, सहकारी ठगी कस्तो अपराध हो ?
- दैनिक जीवनसँग जोड्ने गरी प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छ: मन्त्री भट्टराई
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया