Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशनियमित विद्युत आपूर्ति मिलाउन उद्योग संगठनको माग

नियमित विद्युत आपूर्ति मिलाउन उद्योग संगठनको माग


विराटनगर । उद्योग संगठन मोरंगले नियमित रुपमा विद्युत आपूर्ति हुने व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणसंग माग गरेको छ । लामो समय देखि बजारमा ब्याप्त मन्दि, वैंकको चर्को ब्याजदर लगायत आन्तरिक तथा वाह्रय कारणले शिथिल वनेको उद्योग व्यवसाय क्षेत्रले विद्युत अनियमितताको समस्या पनि भोग्नुपरेको संगठनले जनाएको छ ।

संगठनले एक विज्ञेप्ती जारी गरि गत पुुष महिना देखि नै भईरहेको विद्युतको अनियमित आपूर्तिलाई सहजता बनाउन माग गरेको छ । विद्युत आपूर्ती अनियमित, बारम्वारको ट्रिपिङ र लो भोल्टेजको पूर्व सूचना नदिई विद्युत कटौती हुने लगायतका कारणले उद्योग व्यवसायी झनै धरासाइ अवस्थामा पुगेको संगठनले जनाएको छ । वर्तमान विषम परिस्थितीमा समेत आन्तरिक बजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्न, आयातित वस्तु माथिको परनिर्भरतलाई कम गर्न र रोजगारी सिर्जना गर्न सहयोग पु¥याउदै आईरहेका उद्योग व्यवसायले पछिल्लो समय विद्युत समस्याका कारण निर्वाध रुपमा उद्योग संचालन गर्न नसकेको संगठनको भनाई छ । नियमित विद्युत आपुर्तीको व्यवस्था यथासक्य नभए उद्योग नै वन्द गरी उद्योगी तथा व्यवसायी सडकमा आउने चेतावनी पनि संगठनले दिएको छ ।

संगठनले जारि गरेको विज्ञप्तीमा विद्युत आपूर्तिमा आईरहने समस्याका कारण उत्पादन प्रकृया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मिलमेशिनेरी विग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाई भई अनावश्यक रुपमा संचालन खर्च तथा उत्पादन लागतमा वृद्धि हुदैँ जाँदा उत्पादित वस्तुको गुणस्तरमा र प्रतिष्पर्धात्मक क्षमता नै हस आईरहेको उल्लेख छ । औद्योगिक क्षेत्रको निर्वाध संचालनका लागि अत्यन्त महत्वपूर्ण कम्पोनेन्टका रुपमा रहेको विद्युत आपूर्तिलाई कुनैैपनि सूचना नदिई एवं विभिन्न कारण देखाई कटौति गरिदिँदा उत्पादन लागतमा हुने वृद्धि उद्योगको मात्र नभई राज्यको नोक्सानीका रुपमा समेत लिई यसतर्फ गम्भीर हुन संगठनले अनुरोध गरेको छ ।

विद्युत प्राधिकरणले विद्युत आपूर्तिको समस्यालाई उपयुक्त समाधान खोजि विद्युत आपूर्ति नियमित गरी सहज औद्योगिक वातावरण तयार गर्न संगठनले प्राधिकरण र सरकारसँग मांग गरेको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया