ट्रयाक खुलेको २३ वर्षपछि कालोपत्रे
पर्वत । पर्वतको दोविल्ला-फलेवास सडकको कालोपत्रेको काम सम्पन्न भएको छ । कूल १६ किलोमिटर लामो यो सडकको घोइनौला–चन्दनी खण्डमा बुधबार कालोपत्रे सकिएको हो ।
चन्दनीदेखि ढिकसम्मको कालोपत्र गत वर्षनै भइसकेको थियो भने घोइनौलादेखि धर्मशालासम्मको खण्डमा कालोपत्रे सकिएसँगै दोविल्ला–फलेवास सडक कालोपत्रेको काम सकिएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ ।
वि.सं २०५७ मा नै ट्रयाक खुला भइसकेको यो सडकको दुई २३ वर्षपछि कालोपत्रे भएको हो । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक अन्तर्गत दुई वर्षमा काम सक्ने गरी रु. २६ करोड ५१ लाखमा प्यासिफिक/फेवा जेभीले सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो । आठ मिटर चौडा सडकमध्ये पाँच दशमलव पाँच मिटर सडक कालोपत्रे गरिएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यले राससलाई जानाकारी दिए । सडक कालोपत्रेको काम २०७६ कात्तिक ११ गते तत्कालीन मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका थिए ।
दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोनाको सङ्क्रमणका कारण एक वर्ष समय ढिलाइ भएको प्यासिफिक/फेवा जेभीका प्रतिनिधि राजु पौडेलले जानकारी दिए । उनका अनुसार बुधबार सबै काम सकेर उपकरणसमेत हटाइएको छ । सडकखण्डअन्तर्गत केही भागमा ढलान गरिसकिएको छ ।
यो सडक कालोपत्रे भएपछि पर्वतको फलेवास नगरपालिकाका देवीस्थान, मुडिकुवा, खानीगाउँसँगै दक्षिण पर्वतको महाशिला, पैंयु र विहादी तथा दक्षिण बागलुङका नागरिकलाई सदरमुकाम कुश्मा आउजाउ गर्न सहज भएको छ ।
फलेवासकै मुडिकुवादेखि लमाएसम्म यसअघिनै कालोपत्रे भइसकेको थियो तर देविस्थानतर्फको खण्डमा अहिले कालोपत्रे भएको हो । यो सडकलाई फलेवास नगरपालिकाले पनि रणनीतिक आयोजनाको रुपमा समेत अघि सारेको थियो । मध्यपहाडी राजमार्गसँग जोडिएको यो दोविल्ला–फलेवास सडकखण्डअन्तर्गत दोविल्लादेखि मल्यांङ्दी खोलासम्मको सडक पाँच वर्षअघिनै कालोपत्रे भइसकेको हो भने मल्यांङ्दी खोलादेखि घोइनउलासम्मको झण्डै एक किलोमिटर सडक गत वर्ष कालोपत्रे भएको थियो ।
कुश्माबजारलाई दक्षिण पर्वतका चार पालिकासँग जोड्ने अधिकांश सडक कालोपत्रे भए पनि मोदीखोलामा रहेको मोटरेवल पुल जीर्ण हुँदा सवारीसाधन र यात्रुहरुले सास्ती बेहोर्न बाध्य बनेका छन् । पछिल्लो समय मोटरेवल पुल निर्माणका लागि प्रक्रिया पनि सुरु भएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया