कोशी प्रदेशका तीन पालिका अझै सडक पहुँचबाहिर
सोलुखुम्बु । कोशी प्रदेशका १४ जिल्लामध्ये तीन जिल्लाका तीनवटा गाउँपालिका केन्द्र अझै पनि सडक सञ्जालको पहुँचबाहिर रहेका छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका तथा संखुवासभाको भोटखोला र सिलिचोड गाउँपालिका केन्द्रमा हालसम्म सडक पुग्न सकेको छैन ।
सडक नपुगेको कारण तीन पालिकाका बासिन्दा अझै खच्चड र भरियाले बोकेका सामग्रीमा निर्भर छन् । १० स्थानीय तह रहेको संखुवासभाका बाँकी आठ पालिकामा सडक पुगेको छ भने आठ स्थानीय तह रहेको सोलुखुम्बुको खुम्बुबाहेक सात पालिका केन्द्रमा सडक पुगेको छ । कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी भोटखोला गाउँपालिका हुँदै तिब्बत जोड्ने एक सय ६२ किलोमिटर सडकमध्ये १० किलोमिटर अझै खन्न बाँकी नै छ । खाँदबारी र सिलिचोड जोड्ने छब्बीसेमा पुल नबन्दा सिलिचोड गाउँपालिकामा सडक पुग्न नसकेको हो । यहाँ खाद्यान्न ढुवानीमा भरिया तथा खच्चडकै भर पर्नुपरेको भोटखोलाका पासाङ खम्बा भोटे बताउँछन् ।
झापाको केचनाकवलदेखि ताप्लेजुङको ओलाङचुङगोलासम्मको सडक मेची राजमार्ग हो । तर पाथीभरा याङवरक, फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका छुने यो सडक अहिलेसम्म ओलाङचुङगोलासम्म पुगेकै छैन । सोलुखम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकामा सडकको पहुँच नपुग्दा दैनिक उपभोग्य वस्तु निकै महंगो हुनेगरेको होटल व्यावसायी ल्हाक्पा दिकी शेर्पाको भनाइ छ । यी गाउँपालिकाहरूमा कि हवाइमार्गबाट ढुवानी गर्नुपर्छ नभए भरिया र खच्चडको भर पर्नुपरेको छ । कोशी प्रदेश सरकारले सडक सञ्जाल नपुगेका यी स्थानीय तहमा नयाँ योजना ल्याएर सडक जोड्ने तयारी गरेको कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री दुर्गाप्रसाद चापागाईंले बताए । सरकारको हरेक स्थानीय तहमा सडक सञ्जाल पु-याउने योजना पूरा हुन नहुँदा स्थानीयले नुन, तेललगायतका दैनिक उपभोग्य सामग्री महंगोमा किन्नु परिरहेको छ । कोशी प्रदेशमा एक सय ३७ वटा स्थानीय तहमध्ये तीन जिल्लाका चार पालिकाका स्थानीयको दैनिकी कष्टकर छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- माओवादी केन्द्रको सडक आन्दोलन,सरकार असफल भएको निष्कर्ष
- कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ: प्रधानमन्त्री
- राजस्व कार्यालयद्वारा पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
- नेपालको वित्तीय अवस्था सन्तोषजनक छः गभर्नर अधिकारी
- कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
- आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
- यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
- तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीनजना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया