Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेश“श्रमजीवी वर्गले पु-याएको योगदानप्रति म उच्च सम्मान प्रकट गर्दछु” : मुख्यमन्त्री कार्की

“श्रमजीवी वर्गले पु-याएको योगदानप्रति म उच्च सम्मान प्रकट गर्दछु” : मुख्यमन्त्री कार्की


विराटगर । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको ऐतिहासिक भूमिका रहेको बताएका छन् ।

उनले देश तथा विदेशमा रहेका सबै श्रमिकहरुलाई शुभकामना दिँदै हाल प्राप्त उपलब्धीमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको प्रवाह नगरी महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

“वि.सं २००७ मा कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरबाट नै श्रमिकले प्रजातन्त्रको विगुल फुकेका थिए । नेपाली समाजको युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पु-याएको योगदानप्रति आजको विशेष दिनमा म उच्च सम्मान प्रकट गर्दछु”, मुख्यमन्त्रीले भने ।

उनले श्रमसम्बन्धी हकलाई मौलिक हकका रुपमा उल्लेख गरिएको भन्दै त्यसलाई कार्यान्वयनका लागि श्रमजीवी वर्गको अधिकार कार्यान्वयन गर्न श्रम ऐन, २०७४ र सामाजिक सुरक्षा ऐन, २०७५ लगायतका विभित्र ऐन कानुनको निर्माण भएको बताए ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश

तपाईको प्रतिक्रिया