मौलाकाली केबलकार उद्घाटन समारोहमा प्रधानमन्त्री दाहाल
नवलपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालनमा आएको मौलाकाली केबलकार उद्घाटन गरेका छन् । नयाँ वर्षको अवसर पारेर वैशाख १ गते नै सञ्चालनमा आएको केबलकारको औपचारिक उद्घाटन भने भएको थिएन।
फेदीबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ। त्यहाँबाट करिब ५ मिनेट हिँडेपछि मौलाकालिका मन्दिर पुगिन्छ। यो केबलकार १३ महिनाअघि मात्र बनाउन थालिएको थियो।
गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले नवलपुर क्षेत्रको प्रवर्र्द्नमा केबलकारको भूमिका महत्वपूर्ण हुने बताए । ‘चितवन आउने पर्यटकका लागि यो मुख्य आकर्षण हुनेछ र गर्मीयाममा झनै उपयुक्त गन्तव्य बन्नेछ,’ भट्टचनले भने। मौलाकालिका मन्दिरबाट चितवन, नवलपरासी र तनहुँको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटाले केबलकार सञ्चालनमा आएसँगै भक्तजनको संख्या बढेको बताए। अब केबलकारमार्फत दैनिक छ हजार यात्रु आवतजावत गर्न सक्नेछन् । ऐतिहासिक महत्वको यो मन्दिर चार सय ५० वर्ष अगाडि सेन राजाका पालामा निर्माण भएको हो ।
सोह्रौं शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ुप्रतीकु को प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि पर्वत ुमौला पहाडु को नाम राखिएको किम्बदन्ती छ। हिन्दु पौराणिक कथाअनुसार देवी काली वा कलिका माईलाई ऊर्जा, शक्ति र नयाँ कार्यको सुरूआतको प्रतीक मानेर पूजा गरिन्छ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया