Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशमुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत


 गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । गण्डकी प्रदेशसभाको आजको बैठकमा उनले गागेको विश्वासको मतको प्रस्तावका पक्षमा ३५ मत प्राप्त भएको हो । उनलाई नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का सात र नेकपा (एकीकृत समाजवादी)को एक गरी ३५ मत प्राप्त भएको छ । प्रस्तावका विपक्षमा नेकपा (एमाले)का २२ प्रदेशसभा सदस्यको मत परेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना प्रदेशसभा सदस्य तटस्थ बसेका छन् ।

प्रदेशको मुख्यमन्त्रीमा यही वैशाख १४ गते नियुक्त भएका पाण्डेले १५ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । विश्वासको मत पाएसँगै पत्रकारसँगको भेटघाटमा मुख्यमन्त्री पाण्डेले अब सरकारका काम तीव्ररूपमा अघि बढ्ने बताए। मन्त्रिपरिषद्लाई चाँडै नै पूर्णता दिने बताउँदै उनले यस सम्बन्धमा गठबन्धनका दलबीच छलफल भइरहेको जानकारी दिए।रासस

सरकारका तर्फबाट आगामी नीति तथा कार्यक्रमको गृहकार्य भइरहेको उहाँको भनाइ थियो । पत्रकारको अर्को जिज्ञासामा उहाँले पछिल्ला समयमा अल्पमतको कामचलाउ सरकार भइसकेपछि केही योजनालाई बढाएको पाइएको बताउनुभयो । ती योजना आवश्यकताका आधारमा या राजनीतिक आग्रहका आधारमा बढाइएको सम्बन्धमा पुनःविचार गरिने उहाँले बताउनुभयो ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया