Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशसोलुको सोताङ प्रशासनको सेवा तीन महिनादेखि ठप्प

सोलुको सोताङ प्रशासनको सेवा तीन महिनादेखि ठप्प


सोलुखुम्बु । सोलुखुम्बुको इलाका प्रशासन कार्यालय सोताङमा शाखा अधिकृत नहुँदा तीन महिनादेखि सेवा प्रवाह रोकिएको छ । कार्यालयका तत्कालीन शाखा अधिकृत विष्णु सुवेदी उमेरहदका कारण सेवानिवृत्त भएसँगै कार्यालय अधिकृतविहीन बनेको हो ।

तत्कालीन कार्यालयप्रमुख शाखा अधिकृत सुवेदी फागुन ७ गतेदेखि उमेरहदका कारण सेवाबाट अवकाश भएका थिए । उनको अवकाशपश्चात् सोताङबाट नागरिकता वितरणलगायतका कार्य ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

हाल जिल्लाको कोशीपारिका पालिकाहरु महाकुलुङ र सोताङ क्षेत्रका नागरिकता लिन आउने सेवाग्राहीहरु रित्तोहात फर्कन बाध्य छन् भने पालिकामा समेत फोन आउने क्रम बढेको सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले बताए ।

प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले सोताङका लागि गृह मन्त्रालयले खटाएको शाखा अधिकृत तिर्थ कट्टेल कार्यक्षेत्रमा आउन नमान्दा समस्या भएको बताए । आफूले मन्त्रालयमा पटक÷पटक ताकेता गरे पनि अन्य कर्मचारी व्यवस्थापन नहुँदा कोशीपारिका नागरिकहरु समस्यामा परेको प्रजिअ भट्टराईले बताए ।

जिल्ला प्रशासन कार्यालय सल्लेरीबाट सहायक प्रमुख जिल्ला अधिकारीलाई समय–समयमा सेवा प्रवाहका लागि खटाइरहेको उनको भनाइ । सोताङमा कार्यालय प्रमुख नहुँदा सेवा ठप्प छ भने त्यहाँ रहेका कर्मचारीहरुको समेत तीन महिनादेखि तलब रोकिएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया