सोलुखुम्बुको बरुन्त्से हिमालबाट फोहोर संकलन
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ मा अवस्थित बरुन्त्से हिमालबाट १८ हजार किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको छ । ‘सफा हिमाल २०२३’ अभियानअन्तर्गत नेपाली सेनाको नेतृत्वमा गएको हिमाल सफाइ टोलीले १८ हजार पाँच सय ६० किलो फोहोर संकलन गरेको हो ।
बरुन्त्से हिमालको दोस्रो क्याम्पसम्म पुगेर संकलन गरिएको फोहोरमा डोरी, टिनको क्यान, पाल, फलामका टुक्रा, इपिग्यासका खोल, प्लाष्टिक, टेन्ट, कपडा, रबर, कागज, बोतललगायतका रहेका छन् । १५ हजार पाँच सय १० किलो नकुहिने र तीन हजार ५० किलो कुहिने उक्त फोहोर हेलिकोप्टरमार्फत महाकुलुङको पेल्माई ल्याएको नेपाली सेनाका मेजर समिर बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार कुहिने फोहोर महाकुलुङ गाउँपालिका २ पेल्माङमा नष्ट गरिएको छ भने नकुहिने फोहोर गाडीमार्फत काठमाडौं लगिनेछ ।
नकुहिने फोहोरहरुलाई काठमाडौंस्थित रिसाइकलन कम्पनीमा जिम्मा लगाइने उनले बताए । १० हजार किलो फोहोर संकलन गर्ने लक्ष्यका साथ गत चैत्र २३ गते निस्किएका नेपाली सेनाको टोलीले लक्ष्यभन्दा बढी फोहोर संकलन गरेको छ । यद्यपि निरन्तरको हिमपात र हावाका कारण क्याम्प दुईभन्दा माथि जान नसकिएको मेजर बस्नेतले बताए ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश
- माओवादी केन्द्रको सडक आन्दोलन,सरकार असफल भएको निष्कर्ष
- कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ: प्रधानमन्त्री
- राजस्व कार्यालयद्वारा पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
- नेपालको वित्तीय अवस्था सन्तोषजनक छः गभर्नर अधिकारी
- कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
- आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
- यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया