Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकर्णाली प्रदेशचट्याङ लागेर एकै परिवारका चार घाइते

चट्याङ लागेर एकै परिवारका चार घाइते


दैलेख । दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा गए राति सुतिरहेका बेला चट्याङ लागेर २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए ।

राससका अनुसार घाइते चारैजनाको दैलेख अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको राति नै उद्धार गरिएको थियो । चारैजना खतरामुक्त रहेको दैलेख अस्पतालका प्रमुख डा. धर्मराज रेग्मीले बताएका छन् ।


क्याटेगोरी : प्रदेश समाचार, कर्णाली प्रदेश

तपाईको प्रतिक्रिया