गण्डकीमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश कार्यक्रम’
गण्डकी । गण्डकी प्रदेश सरकारले ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश कार्यक्रम’ लाई निरन्तरता दिएको छ ।
गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०र८१ को वार्षिक नीति तथा कार्यक्रममा नागरिकलाई सडक मानव बन्नुपर्ने अवस्थाबाट रोक्नका लागि मनोसामाजिक परामर्श सेवालगायत सामाजिक तथा आर्थिक सुधारका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
राससका अनुसार स्थानीय तहसँगको सहकार्यमा ‘ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र’ स्थापना तथा सञ्चालन र सुदृढीकरणका कार्यक्रमलाई निरन्तरता दिँदै हाल सञ्चालित ज्येष्ठ नागरिक आश्रमको संस्थागत सुदृढीकरण गरिने सरकारले जनाएको छ ।
ज्येष्ठ नागरिकलाई सम्मान, आदर र सहजताका लागि विभिन्न सेवा र सुविधामा विशेष छुट र सहुलियतको व्यवस्था गरिने, प्रदेश र स्थानीय तहमा निर्माण हुने संरचनालाई महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति एवं लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकमैत्री बनाउने नीति अवलम्बन गर्दै प्रभावकारी कार्यान्वयन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण, प्रवर्द्धन तथा सशक्तीकरण कार्यक्रममा जोड दिँदै समुदायमा आधारित पुनःस्थापना कार्यक्रम सञ्चालन गरिने, पूर्ण अशक्त, अतिअशक्त, अटिजम, डाउन सिन्ड्रोम र बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि आवश्यकपर्ने विशिष्ट प्रकारको सेवासुविधा उपलब्ध गराउने सरकारले भनेको छ ।
दाइजो प्रथा, बोक्सी प्रथा, जातीय छुवाछूत, लैङ्गिक विभेदलगायतका सामाजिक कुरीतिविरुद्ध सचेतनामूलक अभियानलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
माझी, मुसहर, चेपाङ, कुसुन्डा, दराई, कुमाल, बोटे, बराम, छन्त्याललगायतका सिमान्तकृत र लोपोन्मुख जातिको सचेतना अभिवृद्धि, आयआर्जन तथा रोजगारीका अवसर सिर्जना गर्न विभिन्न कार्यक्रमका साथै एकल महिला, थारू, मुस्लिम, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत समुदायको सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया