बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने
मनहरी । बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताएका छन् । बुधबार प्रदेश उच्च शिक्षा परिषद्को कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले उच्च शिक्षासम्बन्धी नीति तथा रणनीति तयार गर्ने र विश्वविद्यालयको सञ्चालनका लागि सामान्य नीतिगत मार्गनिर्देशन गर्न परिषद्ले भूमिका खेल्ने बताए ।
आर्थिक सहायता तथा अनुदानका सम्बन्धमा आधारभूत नीति तथा योजना सिफारिस गर्ने, गुणस्तर तथा सुशासनसम्बन्धी मापदण्ड सिफारिस गर्नेलगायतका काम गर्न सहज हुने उल्लेख गर्दै उनले प्रदेशलाई चाहिने जनशक्ति उत्पादन गर्न प्रदेश उच्च शिक्षा परिषद्ले भूमिका खेल्ने बताए ।
उनले प्रदेशको आवश्यक्तालाई मध्यनजर गर्दै प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा जोड दिन प्रदेश सरकारको मुख्य उद्देश्य रहेको बताए । प्रदेश उच्च शिक्षा परिषद् मुख्यमन्त्रीको अध्यक्षतामा १५ सदस्यीय परिषद् समिति रहने व्यवस्था छ । परिषद्को सचिवालय सामाजिक विकास मन्त्रालयमा रहने व्यवस्था छ ।
परिषद्ले प्रदेश सरकारबाट स्थापना हुने प्रदेश विश्वविद्यालय, प्रदेश सरकारको स्वीकृतिबमोजिम मुनाफा आर्जन नगर्ने सामुदायिक विश्वविद्यालय, शैक्षिक उपाधि प्रदान गर्न सक्ने स्वायत्त प्रतिष्ठान, उच्च शिक्षण संस्था र आङ्गिक क्याम्पसलाई स्वायत्तता दिने मुख्यमन्त्री जम्कट्टेलले बताए ।
कार्यक्रममा प्रदेश सरकारका मुख्यसचिव मुकुन्द निरौलाले प्रदेश उच्च शिक्षा परिषद्को कार्यालय स्थापनापछि काम गर्न छिटोछरितो हुने उल्लेख गर्दै यसबाट प्रदेशले उपलब्धिमूलक काम हुनेमा जोड दिए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका शिक्षा विकास महाशाखा प्रमुख खुबिराम अधिकारीले प्रदेश उच्च शिक्षा ऐन प्रमाणीकरण २०७८ चैत १४ गते भएको उल्लेख गर्दै प्रदेश उच्च शिक्षा परिषद्को गठन, व्यवस्था, सचिवालयको व्यवस्था, संरक्षण समिति, प्रदेश उच्च शिक्षा नियमावली २०७९ लगायतका बारेमा जानकारी गराएका थिए ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया