बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
बाग्मती, बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ । समितिमा सभापति चयन हुन नसक्दा महत्व मानिएको ती समितिहरुको कामकाज प्रभावित हुँदै आएको छ ।
बाग्मती प्रदेशसभाअन्तर्गत प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छ । ती सबै समितिमा सभापति चयन हुन सकेको छैन ।
समितिमा सभापति चयन हुँदा कामकाज गर्न समस्या भएको कर्मचारी बताउछन् । गत शुक्रबार बसेको बाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकले प्रदेशसभाअन्तर्गतको पाँचवटै समितिका सभापति चयन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको थियो ।
बैठकले आगामी जेठ ४ गतेसम्ममा समितिको सभापतिहरु चयन गरिसक्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको सभामुख भुवनकुमार पाठकले बताए । सोही बैठकले प्रदेशसभाको बजेट अधिवेशनका लागि वैशाख ३१ गते बैठक आह्वान गर्न प्रदेश सरकारसमक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेको सभामुख पाठकको भनाइ छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही वैशाख १२ गते राति १२ बजेपछि प्रदेशसभाको तेह्रौँ अधिवेशन अन्त्य गरेका थिए । बाग्मती प्रदेशसभामा एक सय १० जना प्रदेशसभा सदस्य छन् ।रासस
क्याटेगोरी : बागमती प्रदेश
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया