Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशएकै परिवारका सातजना जङ्गली बिषालु च्याउ खाएर बिरामी

एकै परिवारका सातजना जङ्गली बिषालु च्याउ खाएर बिरामी


बागमती । मकवानपुरको भिमफेदी गाउँपालिकामा जङ्गली विषालु च्याउ खाँदा एकै परिवारका सातजना बिरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जङ्गलबाट ल्याएको च्याउ खाँदा भिमफेदी–६ उर्लाघारी निवासी ६५ वर्षीया मङ्गली स्याङतान, उनका ३२ वर्षीय छोरा बुद्धिबहादुर स्याङतान, बुहारी ३० वर्षीया पासाङमाया स्याङतान, नाति सात वर्षीय लासाङ स्याङतान, बुद्ध स्याङतानकी छोरी १९ वर्षीया लक्ष्मीमाया स्याङतान, १५ वर्षीया पार्वती स्याङतान र सात वर्षीया छोरी आरती स्याङतान सिकिस्त बिरामी परेको जानकारी दिएान हुन् ।

विषालु च्याउ खाएर बिरामी परेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी पाँच जनालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाएको प्रनाउ भण्डारीले जानकारी दिएका छन् । बिरामीमध्ये मङ्गली र लक्ष्मीमायाको हेटौँडास्थित अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । यसअघि जिल्लाका विभिन्न ठाउँमा असारको पहिलो साता जङ्गली विषालु च्याउ खाँदा तीनजनाको मृत्यु भएको थियो ।


क्याटेगोरी : बागमती प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x