Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशआन्तरिक राजस्व कार्यालयद्वारा छ अर्ब ६६ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालयद्वारा छ अर्ब ६६ करोड राजस्व सङ्कलन


बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा छ अर्ब ६६ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ । सो अवधिमा आठ अर्ब ८० करोड ४५ लाख २४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ७५ दशमलव ७६ प्रतिशत सफलता प्राप्त भएको हो ।

उक्त अवधिमा अन्तशुल्कतर्फ तीन अर्ब ३८ करोड ११ लाख २४ हजार, आयकर तर्फ एक अर्ब १८ करोड ७१ लाख २४ हजार, मूल्य अभिवृद्धिकर तर्फ एक अर्ब ३७ करोड २३ लाख २५ हजार, व्याजकर तर्फ आठ करोड ३९ लाख ५४ हजार, घरबहालकर तर्फ दुई करोड नौ लाख २५ हजार र स्वास्थ्य सेवा करबाट ६२ करोड ४५ लाख नौ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख तुलसीप्रसाद भट्टराईले राससलाई जानकारी दिए ।

मकवानपुरमा विगतमा सञ्चालित तीन वटा मन्दिरा उद्योग बन्द भएको तथा बालुवा, गिट्टी, ढुङ्गा उत्खननको ठेक्का नलाग्नु, विभिन्न कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा कटौती, विभिन्न समानको आयातमा सरकारले गरेको प्रतिबन्धलगायत कारणले लक्ष्य अनुसारको राजस्व सङ्कलन हुन नसकेको उनले बताए ।

यसैबीच वार्षिक आय विवरण नबुझाउने करिब १७ हजार करदातामाथि सो कार्यालयले कारबाही अघि बढाएको छ । कार्यालयबाट व्यवसायी करदाता प्रमाणपत्र ९प्यान० लिएकामध्ये करिब ५० प्रतिशतभन्दा बढी करदाताले लामो समयदेखि वार्षिक आय विवरण नबुझाएपछि कार्यालयले ती करदाताको अभिलेख तयार पारेर कारबाही अघि बढाएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिए ।

वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरैजसो ३० लाखसम्मको कारोबार भएका साना करदाता र उपभोक्ता समिति छन् । प्रमुख भट्टराईले भने, “आय विवरण नबुझाउने करदाताको अभिलेख तयार पारेर कारबाही प्रक्रिया सुरु गरेका छौँ ।” पहिलो चरणमा आयविवरण नबुझाउने करदातालाई कार्यालयबाट प्रदान गरिने सेवा सुविधा उपलब्ध नगराइने उनले बताए ।

साथै ती करदाताको नामावलीसहित आय विवरण बुझाउनका लागि पहल गरिदिन मकवानपुर जिल्लाको १० वटै पालिकालाई पत्राचार गरिएको प्रमुख कर अधिकृत भट्टराईले बताए । व्यावसायिक करदाता प्रमाणपत्र लिएकामध्ये कतिपयको मृत्यु भएको, वैदेशिक रोजगारीमा गएका र कतिपयले व्यवसाय बिक्री गरिसकेकाले समयमा आय विवरण नबुझाउनेको सङ्ख्या बढी देखिएको उनको बुझाइ छ । मकवानपुरमा व्यावसायिक ३३ हजार र व्यक्तिगत ६५ हजार करदाता छन् ।


क्याटेगोरी : बागमती प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x