Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशकरदाता सेवा कार्यालय चरिकोटबाट ३४ करोड बढी राजस्व संकलन

करदाता सेवा कार्यालय चरिकोटबाट ३४ करोड बढी राजस्व संकलन


दोलखा । आन्तरिक राजस्वको कार्यालय, करदाता सेवा कार्यालय चरिकोटले ३४ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न राजस्व शीर्षक तथा उपशीर्षकमार्फत ३४ करोड ७५ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयकी कर अधिकृत सम्झना गौतमले बताइन् ।

कार्यालयले आय कर व्यक्तिगत फार्मबाट छ करोड ३६ लाख ७६ हजार रुपैयाँ, पारिश्रमिक आयकरबाट दुई करोड ४५ लाख दुई हजार रुपैयाँ, पुँजीगत लाभ कर व्यक्तिगतबाट एक करोड २५ लाख ८२ हजार रुपैयाँ, आकस्मिक लाभकरबापत चार लाख ५२ हजार रुपैयाँ संकलन गरेको छ । यस्तै, सरकारी प्रतिष्ठानहरूबाट ३० हजार पाँच सय राजस्व संकलन भएको अधिकृत गौतमले बताइन् । त्यसैगरी पब्लिक आयकरमार्फत चार लाख ६७ हजार रुपैयाँ, प्रालि करबापत एक करोड ९७ लाख ११ हजार रुपैयाँ र अन्य निकायबाट ७९ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।

पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करबापत तीन करोड ८४ लाख रुपैयाँ र बहाल करबापत ८० लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, परामर्श तथा ठेक्का करबापत छ करोड छ लाख ७४ हजार, पर्यटन सेवा करबापत छ लाख ६० हजार, वस्तु बिक्री तथा वितरण करबापत चार करोड १४ लाख २४ हजार रुपैयाँ राजस्व जम्मा भएको हो । व्याजकरबापत चार करोड २२ लाख आठ हजार, अन्तःशुल्कतर्फ मदिराबाट ४४ लाख २१ हजार र सुर्तीजन्य पदार्थबाट चार लाख ६९ हजार राजस्व जम्मा भएको कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार एक वर्षमा आयकर १७ करोड ३ लाख ६० हजार, बहालकर ८० लाख ८३ हजार र व्याजकर चार करोड २२ लाख आठ हजार गरी २२ करोड छ लाख ५३ हजार आयकर जम्मा भएको हो । त्यस्तै मूल्य अभिवृद्धि कर (आन्तरिक) १२ करोड ६९ लाख एक हजार रुपैयाँ संकलन भएको छ । सोमध्ये बैंक भौचरबाट २० करोड ४९ लाख ८८ हजार रुपैयाँ र इ–पेमेन्टबाट १४ करोड २५ लाख ६६ हजार रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।


क्याटेगोरी : बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x