Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशपर्यटन प्रवर्द्धनको लागि फोटो प्रदर्शनी

पर्यटन प्रवर्द्धनको लागि फोटो प्रदर्शनी


दोलखा । दोलखाको पर्यटन प्रवर्द्धनको लागि फोटो प्रदर्शनी आयोजना गरिएको छ । चरिकोट मिडिया फाउण्डेशनको आयोजनामा सदरमुकाम चरिकोटमा फोटो प्रदर्शनी आयोजना गरिएको हो ।

विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गतेदेखि फोटो प्रदर्शनी भइरहेको चरिकोट मिडिया फाउन्डेसनका अध्यक्ष जीवन लामाले बताए । संस्कार, संस्कृतिमा दोलखा विषयक र संस्कृति विधामा फोटो प्रदर्शनीमा ४० वटा फोटो राखेका छन् । दोलखामा रहेका आदिवासी जनजातिहरू सुरेल, जिरेल, थामी, तामाङ, शेर्पा, नेवार, सुनुवारलगायतका चाडपर्व, संस्कृतिलाई समेटिएर फोटो राखिएको फाउन्डेसनका अध्यक्ष लामाले जानकारी दिए । आदिवासी जानजातिको साथै क्षेत्री बाहुनका संस्कार संस्कृतिलाई समेत समेटिएर फोटो राखिएको छ ।

फोटो प्रदर्शनीले दोलखामा रहेका विभिन्न जातजातिको संस्कार, संस्कृतिको प्रवर्द्धन र संरक्षण हुनुका साथै पर्यटन क्षेत्रको समेत विकास हुने राष्ट्रिय फोटो पत्रकार समूह दोलखाका अध्यक्ष प्रलाद आचार्यले जानकारी दिए । फोटो प्रदर्शनीलाई सफल बनाउनको लागि रूपकला चरिकोटले साथ दिएको अध्यक्ष आचार्यको भनाइ रहेकोे छ । साथै, होटल एन्ड टुरिज्म इन्टरप्रेनियर्स एसोसिएसन चरिकोट दोलखाले पनि फोटो प्रदर्शनीमा पार्टनर रहेको छ । यसअघि पनि चरिकोट मिडिया फाउन्डेसनले फुल सुरुदेखि अन्त्यसम्म विधामा फोटो प्रदर्शनी आयोजना गरिएको थियो ।


क्याटेगोरी : बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x