दोलखा महोत्सवमा उत्साहजनक सहभागिता
दोलखा । नेपाल चेम्बर अफ कमर्स दोलखाले आयोजना गरेको दोलखा महोत्सव २०७९ मा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता देखिएको छ । शुक्रबारदेखि सुरु भएको महोत्सव आगामी फागुन २७ गतेसम्म चल्नेछ । महोत्सवको पहिलो र दोस्रो दिन महोत्सव हेर्न सहभागीहरुको भीड लागेको थियो ।
महोत्सवको उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार उद्घाटन गरेका थिए । कार्यक्रममा उनले व्यापारघाटा रोक्न उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए । निजी क्षेत्र चलायमान नहुदा दैनिक व्यापारघाटा बढ्दै गएको उनको भनाइ थियो । तीनै तहका सरकारले निजी क्षेत्रलाई साथमा राखेर काम गर्नुपर्नेमा समेत उनले जोड दिएका थिए । धार्मिक, सांस्कृतिक, जलविद्युत् उत्पादन तथा पर्यटकीय हिसाबले सम्भावना बोकेको दोलखालाई समृद्ध बनाउन निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले दोलखामा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह समेत गरे ।
महोत्सवमा एक सय २० वटा स्टल रहेका छन् । महोत्सवको पहिलो दिन जिल्लाका विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने पञ्चेबाजा संरक्षणका लागि पञ्चेबाजा बजाउने समूहबीच प्रतियोगिता समेत आयोजना गरिएको थियो । यस्तै दोस्रो दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो ।
महोत्सवमा आर्थिक बहस, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट), विज्ञान तथा रोबोटिक एसोसिएसनको सहयोगमा रोबोट प्रदर्शन, कम्प्युटर एसोसिएसनको सहयोगमा निःशुल्क मर्मत शिविर तथा साइबर सचेतना कार्यक्रम सञ्चालन हुने बताइएको छ । साथै स्टीड फुड स्टिबल, माउन्टेन फ्लाइटमार्फत दोलखाका पर्यटकीय स्थल अवलोकन तथा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर अभौतिकीकरण शिविरलगायतका कार्यक्रम पनि रहेको चेम्बर दोलखाले जनाएको छ ।
क्याटेगोरी : कला / संस्कृति, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया