भूकम्पबाट जोखिमयुक्त बनेका संरचना भत्काउन निर्देशन
गोरखा । गोरखाको सहिद लखन गाउँपालिकाले २०७२ सालमा भूकम्पबाट जोखिमयुक्त बनेका घर तथा संरचना तत्काल भत्काउन निर्देशन दिएको छ ।
पालिकाभित्र भूकम्पलगायत अन्य सबै प्रकारका विपद्का कारण भौतिक संरचनामा क्षति पुगी जोखिमयुक्त बनेका संरचना भत्काउन बाँकी रहेको पाइएपछि गाउँपालिकाले त्यस्ता सबै जोखिमयुक्त संरचना भत्काउन निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले राससलाई जानकारी दिए ।
“नेपाल सरकार वा अन्य निकायबाट अनुदान प्राप्त गरेका कतिपय घरधनीले पनि अझैसम्म जोखिमयुक्त संरचना भत्काउन बाँकी रहेको पाइयो, उनले भने, ‘‘त्यसले क्षतिको थप जोखिम बढाउने भएकाले भत्काउन बाँकी रहेका सबैलाई जोखिमयुक्त संरचना हटाउन भनेका छौँ ।”
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षति पुगेका जोखिमयुक्त संरचना भत्काउन र नयाँ सरंचना निर्माण गर्न सरकारले तीन लाख अनुदान उपलब्ध गराएको थियो । तर पालिकाभित्र अनुदान लिएका कतिपय लाभग्राही अझैपनि जोखिमयुक्त संरचनामा बस्दै आएका छन् ।
गाउँकार्यपालिकाको गत वैशाख २६ गते बसेको बैठकले पालिकाभित्रका जोखिमयुक्त संरचना हटाउने निर्णय गरेको थियो । निर्णय अनुसार मङ्गलबार पालिकाले सार्वजनिक सूचना जारी गर्दै सो निर्देशन दिएको हो । गाउँपालिकाले भत्काउन बाँकी रहेका जोखिमयुक्त संरचना एक महिनाभित्रमा हटाउन अनुरोध गरेको छ ।
“जोखिमयुक्त संरचना जतिबेला पनि खस्न सक्ने, झर्न सक्ने जोखिम बढी हुन्छ”, अध्यक्ष थापामगरले भने, ‘‘यस्तो अवस्थामा मानवीय तथा अन्य भौतिक क्षति हुनसक्ने भएकाले समयमा नै सतर्कता अपनाउन पालिकाले जोखिमयुक्त संरचना हटाउने निर्णय गरेको हो ।”
क्याटेगोरी : गण्डकी प्रदेश, गाउँ पालिका
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया