Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशविद्यालयको छाना हुरीले उडाउँदा पठनपाठन प्रभावित

विद्यालयको छाना हुरीले उडाउँदा पठनपाठन प्रभावित


डुम्रे (तनहुँ) । हुरीले तनहुँको व्यास नगरपालिका–६ क्रियापानीस्थित अमृत आधारभूत विद्यालयको छाना यही जेठ १७ गते अपराह्न आएको हुरीले उडाउँदा पठनपाठन प्रभावित भएको छ ।

हुरीले विद्यालयको पाँचवटा कोठाको छाना उडाएको बताउँदै विद्यालयका प्रधानाध्यापक रविचन्द्र वाग्लेले भीषण हुरीले दुवै भवनको छाना उडाउँदा पठनपाठन प्रभावित भएको जानकारी दिए । उनका अनुसार अहिले एउटा कोठामा कार्यालय सञ्चालन गरिएको छ भने हुरीले छाना नउडाएका तीन कोठामा नौवटा कक्षा सञ्चालन गर्दै छौँ ।

प्रधानाध्यापक वाग्लेले छाना र गारो समेत भत्काउँदा चार लाखभन्दा बढीको क्षति भएको बताए । क्षतिको विवरण वडा कार्यालयलाई र व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखामा जानकारी गराइसकिएको उनले बताए । उक्त विद्यालयको आधारभूत तहमा ४० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

तत्काल विद्यालयको मर्मत गरी पठनपाठन सञ्चालन गर्न सम्बन्धित निकायसमक्ष आग्रह गरिएको प्रधानाध्यापक वाग्लेले जानकारी दिए । अत्यधिक गर्मी बढेकाले कक्षा १ देखि ८ सम्म पढाइ हुने उक्त विद्यालयमा चौतारी र रूखमुनि राखेर पठनपाठन गराउनुपर्ने बाध्यता आएको उनले बताए ।

नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखाले सोही दिन आएको हुरीले व्यास–९ माझफाँटस्थित माहेन्द्री मावि, व्यास–१२ कमलबारीस्थित सिद्धेश्वरी माविलगायत विद्यालयमा क्षति पुर्याएको जनाएको छ । नगरपालिकाका विभिन्न विद्यालयमा क्षति पुर्याएकाले तथ्याङ्क सङ्कलन भइरहेकाले हालसम्म यकिन विवरण आइनपुगेको शाखाले जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x