Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशलगातारको वषासँगै पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता

लगातारको वषासँगै पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता


लमजुङ । लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् भने एकजना घाइते भएका छन् ।

गए राति आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए । अहिले प्रहरी टोली घट्नास्थलमा उद्धारका लागि गएका छन् । रुद्रमान र पञ्चकुमारी ससुरा बुहारी हुन् भने इच्छा रुद्रमानका भाइकी नातिनी हुन् । पञ्चकुमारीको छोरो अर्को घरमा सुत्न गएकाले सकुशल छन् ।

गए राति २ः३० बजे पहिरो गएको हुँदा राति नै प्रहरी चौकी मालिङलाई खबर गरेको क्व्होलासोथार गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेले जानकारी दिए । सडक अवरुद्ध भएकाले गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष जमिमाया गुरुङलगायतको टोली उद्धारको पहलमा लागि घटनास्थलमा जाँदै गरेको उनले बताए ।

स्थानीय जुना घलेका अनुसार उक्त घटनाबाट रुद्रमानकी श्रीमती छोरीको घरमा गएकाले जोगिएकी छिन् । “पानी बेस्सरी परिरहेको छ, पहिरो गएको ठाउँमा जान सकिएको छैन”, उनले भनिन–“प्रहरी चौकी मालिङबाट दुई प्रहरी राति नै उद्धारका लागि आउनुभएको छ, श्रोतसाधनको अभावले पहिरो पन्छाउन सकिएको छैन ।” सो ठाउँमा ६ वटा घर रहेका छन् । तीन घर भने पहिरोबाट जोगिएका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x