Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशडेढ दशकपछि बेनी–भकिम्ली सडक स्तरोन्नति

डेढ दशकपछि बेनी–भकिम्ली सडक स्तरोन्नति


म्याग्दी । डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ । उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मङ्गला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ ।

गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत बेनी–२ को बगरफाँटबाट दूधेखोला–हल्लेगौडा–डोले–मुसुङ जोड्ने सडक ग्राभेल र ढलान गर्ने योजना कार्यान्वयन गरेको हो । राससका अनुसार गत जेठ २९ गते पाँच करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको माछापुच्छ्रे–हिमालयन जेभी कार्यक्षेत्रमा परिचालित भएको पूर्वाधार विकास कार्यालयका सवइन्जिनियर रविन चोखालले जानकारी दिए । यसको लागत रु. सात करोड ७२ लाख रहेको छ ।

आगामी १८ महिनामा बगरफाँटबाट दूधेखोलासम्मको तीन किलोमिटर सडक ग्राभेल र दूधेखोलाबाट भकिम्लीतर्फ तीन सय ९० मिटर सडक ढलान गरिने छ । सडक सात मिटर चौडा बनाइने छ । २०६५ मा सडक निर्माण गरिएको हो । उक्त सडक हाल चार मिटर चौडा छ । गण्डकी प्रदेश सरकारद्वारा चालु आवमा दुई करोड बजेट विनियोजन गरिएको उक्त सडकलाई बहुवर्षीय ठेक्का लगाउन १० करोड बजेटको स्रोत सुनिश्चितता गरिएको सवइन्जिनियर चोखालले बताए ।

२०७६ मा सुरु भएको रघुगङ्गा गाउँपालिकाको पिप्ले–भगवती सडक यस वर्ष निर्माण सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको चित्रेबाट पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको तयारी छ ।


क्याटेगोरी : गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x