Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशम्याग्दीको गलेश्वर शिवलायमा एकै दिन तीन लाख ७२ हजार भेटी संकलन

म्याग्दीको गलेश्वर शिवलायमा एकै दिन तीन लाख ७२ हजार भेटी संकलन


काठमाडौं । म्याग्दीको बेनीस्थित गलेश्वर शिवालय मन्दिरमा एकै दिन तीन लाख ७२ हजार रुपैयाँ भेटी संकलन भएको छ । साउन महिनाको पहिलो सोमबार दर्शन र पूजा गर्न पुगेका भक्तजनमार्फत तीन लाख ७२ हजार तीन ७२ रुपैयाँ भेटी संकलन भएको हो ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्यसचिव बलबहादुर खत्रीका अनुसार कोषका पदाधिकारी, सुरक्षा निकाय र स्थानीय सरोकारवालाको रोहोवरमा संकलित भेटी रकम गणना गरिएको थियो । सो दिन गलेश्वर शिवालयमा २० हजार बढी भक्तजन पुगेका थिए । यस पटक म्याग्दी, पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन, रुपन्देही, काठमाडौंलगायतका स्थानबाट भक्तजन आएको कोषले जनाएको छ । मन्दिर, दानपेटिका, कुण्ड, शिवलिंग लगायतका ठाउँमा चढाएका भेटी रकमलाई कोषले गणना गरेर बैंक खातामा जम्मा गरिएको सदस्यसचिव खत्रीले जानकारी दिए । संकलित रकमलाई सरोकारवालाको रोहोवरमा गणना गरीे बैँक खातामा जम्मा गरिने र आवश्यकता अनुसार धार्मिक संरचना, पूर्वाधार निर्माण तथा कोषको नियमित कर्ख गरिँदै आएको अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए ।

आफ्नो मनोकांक्षासहित परिवारमा सुख, शान्तिको कामनाका साथ भक्तजन गलेश्वर शिवालयको दर्शन गर्न पुग्ने गरेका छन् । सोमबार महिलाहरू ब्रत बस्ने र शिव मन्दिरमा पुगेर पूजाअर्चना गर्ने गर्दछन् । गत सोमबार देशैभरका शिव मन्दिरमा व्रतालु महिलाको भीड लागेको थियो । साउन महिनामा शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउन महिनालाई भगवान् महादेव (शिव)को प्रिय महिनाको रुपमा पनि लिने गरिएको पाइन्छ ।

मुस्ताङमास्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रूपमा रहेको गलेश्वर शिवालयमा पछिल्लोपटक ११ वटा गौमुखी धारा जडान गरिएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर पवित्र कालीगण्डकी नदीको गङ्गाजलले गौमुखी धारामा स्नान गर्ने व्यवस्था मिलाइएको हो । पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास छ । सत्ययुगमा सतीदेवीले अग्नीकुण्डमा हाम फालेर देहत्याग गरेपछि उनको मृत शरीर बोकेर महादेव पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वरमा आइपुग्दा गला पतन भएको र त्यसपछि गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थ र पुराणमा उल्लेख छ ।


क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x