कालीगण्डकी करिडोरः छुसाङ–चैलेखण्डको स्तरोन्नति
म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरलाअन्तर्गत मुस्ताङको छुसाङ–चैलैखण्डको स्तरोन्नति भएको छ । वारागुङ मुक्तिक्षेत्र–३ छुसाङबाट चैलेसम्म पाँच किलोमिटर सडक ग्राभेल गर्ने ठेक्का पाएको निर्माण कम्पनीले निर्धारित समयअगावै काम सम्पन्न गरेको हो ।
आगामी २०८१ भदौ १५ गतेसम्म म्याद रहेको सो ठेक्काको ९५ प्रतिशत भौतिक प्रगति भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईँले बताए । सडक ग्राभेल, कल्भर्ट तथा नाली निर्माण र छुसाङस्थित मुस्ताङ गेट पुल संरक्षणलगायत कार्य गर्न २०८० चैत ९ गते रोहित एन्ड छिरिङ÷डिएस बिल्डर्स÷युनाइटेड जेभी कन्स्ट्रक्सनले चार करोड ३१ लाख ८३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले सम्झौताअघि नै काम सकेर अन्तिम किस्ता भुक्तानी मागेपछि प्राविधिक नापजाँच र मूल्यांकन गरी ठेक्का टुङ्ग्याउने प्रक्रिया अघि बढाएको इन्जिनियर चापागाईँले बताए ।
मुस्ताङको प्रतिकूल भूगोल, मौसम र आर्थिकमन्दीको असहज अवस्थाका बाबजुुद पर्याप्त मात्रामा उपकरण, मजदुर परिचालन, निर्माण सामग्री व्यवस्थापन, आयोजना कार्यालय र स्थानीय तहसँग समन्वय गरेर निर्धारित समयमै काम सम्पन्न गरेको निर्माण कम्पनीका प्रतिनिधि जीवन रोकायाले बताए । गत असारमै अधिकांश काम सकिएको भए पनि आयोजना कार्यालयमा बजेट अभावका कारण निर्माण अवधि एक महिनापछि धकेलिएको उनले बताए । छुसाङ–चैलेखण्डको उकालो सडकमा खाल्डाखुल्डी भएको, नाली र कल्भर्ट नहुँदा यातायात सञ्चालनमा असहज भएको थियो ।
कालीगण्डकीको कटानबाट जोखिममा परेको छुसाङको उपल्लो मुुस्ताङ गेटमा रहेको मोटरेबल पुल र पहुँचमार्गको ग्याबियन पर्खाल बनाएर संरक्षण गरिएको छ । निर्माण व्यवसायीमा इच्छाशक्ति, स्थानीयस्तरमा काम गर्ने वातावरण र सम्बद्ध पक्षले सहजीकरण तथा समन्वय गर्ने हो भने विकास निर्माणका काममा ढिलासुस्ती हटाउन सकिने सन्देश छुसाङ–चैले सडक स्तरोन्नति योजनाले दिएको छ ।
क्याटेगोरी : गण्डकी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया