Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशबागलुङ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

बागलुङ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो


बलेवा (बागलुङ) । प्रसिद्ध शक्तिपीठ भएकाले घटस्थापनाका अवसरमा दसैँको पहिलो दिन बिहीबार बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । दसैँ र चैतेदसैँमा यहाँ चितवन, बुटवल, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका भक्तजन आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले बताए ।

बागलुङ कालिका हाम्रो आस्थाको धरोहर हो भन्दै पोखराबाट आएका पोषण शर्माले कालिका मन्दिरमा पूजा गरेपछि मनमा शान्ति मिल्ने बताए । उनी मुक्तिनाथ पुगेर श्राद्ध गरेर कालिका मन्दिर दर्शन गरी घर फर्किएका हुन् । सोह्र श्राद्धमा मुक्तिनाथ गएका भक्तजन पनि फर्किने क्रममा यहाँ दर्शन गर्न आएपछि मन्दिरमा भीड लागेको थियो ।

मन्दिरमा कति भक्तजन आए भन्ने यकिन तथ्याङ्क छैन । खपत भएका नरिवल र बलिको सङ्ख्याका आधारमा अनुमान गर्ने गरिएको छ । हरेक वर्ष दसैँमा चार लाख बढी नरिवल बिक्री भएको तथ्याङ्क छ । चैतेदसैँमा पनि यहाँ भीड लाग्ने गर्छ । पाँच सय वर्ष अघि स्थापना भएको यस मन्दिरमा नियमित पूजा हुँदै आएको किम्वदन्ती छ ।

होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निलेश राजभण्डारीका अनुसार केही दिनदेखि होटलहरु भरिभराउ छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x